Thursday, April 30, 2015

अपडेट– भूकम्पबाट मृत्यु हुनेको संख्या ५०२६ पुग्यो /४६०९ को शव आफन्तलाई बुझाइयो

अपडेट– भूकम्पबाट मृत्यु हुनेको संख्या ५०२६ पुग्यो /४६०९ को शव आफन्तलाई बुझाइयो

बैशाख १६, काठमाडौं । 
मुलुकका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार २७ जनाको मृत्यु भएको छ । १० हजार २ सय ३५ जना घाइते भएका छन् ।
उपत्यकाको काठमाडौंमा १ हजार ३९, भक्तपुरमा २ सय ५२ र ललितपुरमा १ सय ६८ जनाको मृत्यु भएको गुमेको छ भने काठमाडौंमा २ हजार ४ सय, भक्तपुरमा १ हजार ८ सय ८६ र ललितपुरमा १ हजार ९० जना घाइते भएका छन् ।
यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३ हजार १ सय २, पश्चिम क्षेत्रमा ४१३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा ३४८४, पश्चिम क्षेत्रमा ११३० र मध्य पश्चिम क्षेत्रमा २१ जना घाइते भएका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १ हजार ३ सय ७६ जनाको मृत्यु भएको पुष्टी भएको छ । यस्तै, भूकम्पबाट अति प्रभावित नुवाकोटमा ६ सय ३८, गोरखामा ४ सय ५, धादिङमा ३ सय ७३ जना, रसुवामा ३ सय २, काभ्रेमा २ सय ७३ र दोलखामा ५४ जनाको मृत्यु भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।
उल्लेखित संख्यामा काठमाडौंमा ९, सोलुखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना ज्यान गुमाएका तथा २२ जना घाइते भएका पर्यटक रहेका छन् ।
प्रहरीका अनुसार हालसम्म काठमाडौंमा ९ सय ५२, भक्तपुरमा २ सय ५०, ललितपुरमा १ सय ५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा २९८८, पश्चिम क्षेत्रमा २ सय २९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ४ हजार ६ सय ९ को शव आफन्तलाई बुझाइएको छ भने अन्य शव विभिन्न अस्पतालमा रहेको हुदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन समेत प्रहरीले अनुरोध गरेको छ । 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Welcom

Website counter

Census 2010

Followers

Blog Archive

Contributors