उद्धारभन्दा प्रचार बढी
उद्धारभन्दा प्रचार बढी
काठमाडौं, वैशाख १६ - भुकम्पपीडित नेपालीको खोज, उद्धार र राहतको लागि सबैभन्दा ठूलो उद्धार टोली पठाएको छ, दक्षिणी छिमेकी भारतले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भुकम्प गएको एक घण्टाभित्रै आपतकालीन बैठक राखेर तत्काल उद्धारका लागि ४ वटा नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गरेका थिए । त्यसयता मंगलबारसम्म हेलिकप्टर, आवश्यक सामाग्रीसहित एक हजारभन्दा बढीको संख्यामा भारतीय उद्धारकर्ता नेपाल आइसकेका छन् । तर जुन रुपमा खोजी तथा उद्धार हुनुपर्ने हो, त्यो हुन नसेको नेपाली सैनिक स्रोतले बतायो । भारतीय टोलीले जुन परिमाणमा उद्धार कार्य गरेको छ, त्योभन्दा बढी प्रचारबाजी गरेकोमा नेपाली पक्ष पनि असन्तुष्ट बनेको छ । उच्च सैनिक स्रोतका अनुसार दुई साताअघि सगरमाथा आरोहणमा आएका आफ्नो ३९ जनाको सैन्य टोलीको उद्धारका लागि पनि भारतीय पक्षको चासो चुलिएको हो । त्यसैले उसले ठूलो संख्यामा फौज तथा ६ वटा एमआई–१७ हेलिकप्टर तत्कालै पठायो । यसअघि नेपाली सेनासंग सयुक्त रुपमा सगरमाथा आरोहण गर्थे भारतीय सैनिकले, यसपटक उनीहरु 'नागरिक' को हैसियतमा आरोहणका लागि आएका थिए । तीमध्ये कतिपय सम्पर्कबाहिर रहेकाले उद्धारका लागि आएको ६ मध्ये ३ हेलिकप्टर उनीहरुकै खोजीमा सगरमाथा आधार शिविरतर्फ उडाइएको छ। भारतीय पक्ष सगरमाथा आहोरणमा गएका आफ्ना सैनिकबारे खासै बोल्न चाहेन । के आरोहणमा गएका सैनिक सम्पर्कविहीन रहेका हुन् भनेर पटकपटक जिज्ञासा राखेपछि नेपालस्थित दूतावासका प्रवक्ता अभय कुमारले छोटो प्रतिक्रिया दिादै भने, 'जानकारी गराईएअनुसार उनीहरु सुरक्षित छन् ।' आफ्ना सैनिकको उद्धारमा बढी ध्यान केन्द्रित गर्दा भारतीय टोलीले आफ्नो क्षमता र बन्दोबस्तीअनुरुप अपेक्षाकृत काम गर्न नसकेको नेपाली पक्षको बुझाई छ । भुकम्पपीडितको उद्धारका क्रममा पनि भारतीय सेनाले आफ्ना सन्चारमाध्यमका प्रतिनिधि बढी बोक्दा क्षमताअनुसार प्रभावकारी रुपमा काम गर्न सकेको छैन । भुकम्पको समाचार संकलनका लागि विभिन्न भारतीय सन्चारमाध्यमबाट करिव डेढ सय सन्चारकर्मी काठमाडौं आएका छन् । उनीहरु भारतीय हेलिकप्टर चढेर विभिन्न जिल्लामा पुगी प्रत्यक्ष प्रशारण गर्ने, फुटेज र समाचार संकलन गर्ने गरिरहेका छन् । स्रोतका अनुसार प्रत्येक हेलिकप्टरमा ६/७ जनासम्म भारतीय सन्चारकर्मी समाचार संकलनका लागि उड्ने गरेका छन् । 'बोकेर लगेका सन्चारकर्मीलाई समाचार संकलनका लागि केही समय दिनुपर्ने हुादा उडान संख्या नै कम हुने गरेको छ,' स्रोतले भन्यो, 'अर्कोतर्फ आधा जति सिट सन्चारकर्मीले ओगट्ने भएकाले कम संख्यामा मात्र घाइतेको उद्धार भइरहेको छ ।' त्यहीकारण नेपाली सेनाले ४ वटा हेलिकप्टरबाट सोमबार ६५६ जनाको उद्धार गर्दा भारतीय सेनाको ३ हेलिकप्टरले जम्मा ११८ जनाको मात्र उद्धार गर्योर । मंगलबार पनि भारतीय सेनाको हेलिकप्टरले ३२ जनाको मात्र उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ । कति संख्यामा भारतीय सैनिक आए भन्ने तथ्यांक पनि सरकारसंग छैन । अन्तर्राष्ट्रिय विमानस्थलस्रोतका अनुसार हवाई मार्गबाट मात्रै एक हजारभन्दा बढी भारतीय सैनिक काठमाडौं ओर्लिएका छन् । सडकमार्गबाट पनि ५ वटा ट्रक र ४ वटा बोलेरो जिपमा करिव सय जना भारतीय सैनिक भित्रिएका छन् । 'कति जना,कसरी आयौ भनेर उनीहरुलाई कसले सोध्ने ?' एक सुरक्षा अधिकृतले भने । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले भने ६५० को संख्यामा मात्र भारतीय सैनिक आएको तथ्यांक आफूहरुसंग रहेको बताए । विमानस्थल सुरक्षास्रोतले त त्योभन्दा धेरै आएको बताएको छ त भन्ने प्रश्नको उत्तरमा उनले भने, 'कुनै टोलीलाई प्रतिस्थापन गर्न आएको हो कि ?' विमानस्थल सुरक्षास्रोतका अनुसार भारतीय सेनाको विशेष विमानले शनिबारबाटै हरेक दिन ४ वटा उडान भर्ने गरेको छ । ती विमानले उताबाट आउादा सन्चारकर्मी र यताबाट फर्किदा नेपालस्थित भारतीय नागरिकलाई लाने गरेको छ । भारतीय सन्चारमाध्यमले नेपालको भुकम्पबारे व्यापक कभरज गरिरहेका छन् । ती कभरेजमा भारतले मात्र खोजी, उद्धार र राहतको सबै जिम्मेवारी बहन गरेको प्रस्तुति दिने गरिएको छ । 'नेपालके दर्दमे भारत बना हमदर्द' जस्ता विशेष कार्यक्रम तथा समाचार सामाग्री बनाइने गरेको छ । यता भुकम्पको चौथो दिन मंगलबारसम्म भारतका साथै चीन, पाकिस्तान, इजरायल, टर्की, नेदरल्याण्ड, श्रीलंका, रुस, बंगलादेश, स्पेन, पोल्याण्ड, सिंगापुर, थाइल्याण्ड, अमेरिका, जापान, मलेसिया, कतारसहितका २० भन्दा बढी मुलुकबाट ४ हजारभन्दा बढी उद्धारकर्ता र राहत सामाग्री आएका छन । तर उचित समन्वय र प्रभावकारी परिचालन हुन सकेको छैन । कतिपय टोली उपत्यका र आसपासमात्र सीमित छन् । त्यसैले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, दोलखाका विकट बस्तीमा उद्धार टोली र राहत सामाग्री पुग्न सकेको छैन । प्रहरी उच्चस्रोतका अनुसार आन्तरिक समन्वय पनि ठोस् रुपमा हुन सकेको छैन । विदेशी सम्मिलित उद्धार टोलीलाई सघाउन जाादा सेनाले फकाईदिने गरेको प्रहरी र सशस्त्र प्रहरीको गुनासो छ । तर सैनिक प्रवक्ता पोखरेलले भने प्रक्रियाका कारण सुरुमा विदेशी उद्धारकर्तासंगको समन्वयमा केही समस्या देखिए पनि हाल त्यो पूर्णरुपमा समाधान भएको बताए । आन्तरिक समन्वयको हकमा उनले भने, 'स्थानीय तहमा बुझाईको फरकले एकाध स्थानमा केही समस्या देखिएको होला, अधिकांश स्थानमा त्यस्तो छैन ।' - See more at: http://www.radiokantipur.org/kantipur-diary/15052/%E0%A4%89%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A4%A2%E0%A5%80/#sthash.VDlI5gPi.dpuf
Blog Archive
-
▼
2015
(4883)
-
▼
April
(355)
- What if the husband is nothing but a brutal rapist...
- A caste-ridden society is worse than a society of ...
- नेपाल – पूरा कस्बा हो गया जमींदोज़
- Press Note by Ekta Parishad - जमीन से बेदखल कर ग्र...
- বাঙালি উদ্বাস্তু পুনর্বাসন নিয়ে কেন্দ্রীয় সরকার পূ...
- ভূমিকম্প ঝুঁকির প্রথম ২০ শহরের তালিকায় ঢাকা, কী ঘট...
- Nepal - Before and After the Earthquake
- The 7. 8 Earthquake In Nepal And The Magnitude Of ...
- अपडेट– भूकम्पबाट मृत्यु हुनेको संख्या ५०२६ पुग्यो ...
- ७ जिल्ला अति प्रभावित घोषणा/भूकम्पको जोखिम कम भएका...
- नेपाल यसकारण भूकम्पिय जोखिममा
- Appeal for May Day Celebration in Bengali
- उद्धारभन्दा प्रचार बढी
- झन् झन् धेरै शव फेला पर्दै महाभूकम्पबाट मारिनेको स...
- राष्ट्र संकट में,संकट में मनुष्य और प्रकृति भी सार...
- नेपाल-मलबे के ढेर में से इंसानी अंग दिखते हैं तो म...
- जनता परिवार से परेशान संघ परिवार
- ‘जातिवादी समाज गुलामी, रंगभेद से बदतर’ : अरूंधति राय
- Now ONGC is tagged with Reliance. Even after Tsuna...
- आंध्र प्रदेश को नया कैपिटल चाहिए पर ”ग्रीनफील्ड कै...
- तुम्हें विदा करते हुए बहुत उदास हूँ सुनील... हमारे...
- भूकंप के बहाने हिंदुत्व का यह हिंसक आवाहन, बजरंगिय...
- ” वरशिपिंग फॉल्स गॉडस ” और संघ की अंबेडकर पूजा
- ALIBABA 2015 MOST WELCOME TRADE ASSURANCE SUPPLIER
- Shobhaa De’s Petition, SC Stays Notice to Her by M...
- THE LIFE AND DEATH OF A DALIT JOURNALIST
- Letter to NHRC by Disability Rights Activists – Re...
- The Incredible Rise and Rise of Gautam Adani – all...
- Suggestion from ground Zero:TO WHOM IT MAY CONCERN...
- Press note Ektaparishad Fasting जमीन सिर्फ उद्योगप...
- Independence and Social Justice The Ambedkar–Gandh...
- Population by Religions in times to come Ram Puniyani
- आंध्र प्रदेश में राज्यपोषित कृषक संहार को अंततः कौ...
- आंखों से लहू टपकने लगेगा विजयवाड़ा-गुंटूर इलाके की...
- कानून और संविधान की धज्जी उड़ाते हुए सरकार ने की “...
- कुछ तो रचनात्मक पहल करें कामरेड महाचिव! राजनीतिक ह...
- मगर हम चेतेंगे थोड़े ही. हम जल विद्युत् परियोजनाएँ ...
- नैनीताल के सिर पर एक ‘वाटर बम’
- केदार का मौन
- पेशावर का महानायकः वीरचन्द्र सिंह गढ़वाली दिनेश ध्यानी
- मजदूर वर्ग की दावेदारी मजबूत करें ! एक्टू का 9 वां...
- मंडल आयोग व ओबीसी चळवळ
- ধনী দেশে বড় ভূমিকম্প হলেও মানুষ বেঁচে যায়, আর গরিব...
- In Bengal,having captured Matua Votebank breaking ...
- 'প্রধানমন্ত্রীর তহবিলে রানা প্লাজার টাকা নেই, এটি ...
- ধামাচাপা দেয়ার নীতি এবং মানুষের ঘৃণা -গোলাম মোর্তোজা
- घ्याळ दाकी व्यापारौ बान बैंक लोन अर्जी
- Farmers’ Suicides: Loans and social vices biggest ...
- Fwd: ANY SUFFERINGS CAN'T BE ANY CALL TO CONVERSIO...
- The corporate lawyer of Dow Chemicals does ensure ...
- ****Biggest Swindler & National Looter***** Ashok ...
- Sukhi Lala Rules Mother India!
- जैज़ में बेक़रारी है, वह बेचैन है, थिर नहीं रहता और ...
- Stop construction of Kanhar Dam - Report by Social...
- স্বামী অগ্নিবেশের মাথার দাম ৫ লাখ টাকা ঘোষণা করল হ...
- পুঁজিবাদের বিরুদ্ধে ইসলাম
- ইয়েমেনে গণহত্যার পুরস্কার: মিশর পেল ৬০০ কোটি ডলার
- রবীন্দ্রনাথ ও শিবাজী Kai Káús
- Submission--CONSCIENCE KEEPER OF PAKISTAN SABEEN M...
- मृत्यु हुनेको संख्या १९५२ पुग्योः गृह ६.७ रेक्टरस्...
- Blatant Attack on Democracy in West Bengal বাংলা ব...
- पहली मई से पहले क्या करें हम? पूरे देश को जोड़ने क...
- How Nepal ignored threat of imminent earthquake
- Press Release – JAAG condemns and protests the det...
- Rihai Manch press note- पुलिस से हुई झड़प, रिहाई म...
- बिजनेस फ्रेंडली राजकाज का धतकरम रेटिंग एजंसियों और...
- PF locked for five years and taxed while foreign i...
- प्रसिद्ध गांधीवादी राजगोपाल पी.व्ही. 500 आदिवासियो...
- शिक्षा के व्यवसायिकरण को बंद किया जाए...और छात्रों...
- # नेपाल भूंकप # की चेतावनी,# सीमेंट के बहुमंजिली ज...
- Teeth broken,RBI cries for good economic governanc...
- छात्र एकता जिंदाबाद वर्धा हिंदी विश्वविद्यालय की ज...
- कई चुनौैतियों से जूझ रहा अरब स्प्रिंग का देश
- খালেদার বহরে আবারও হামলা
- Obama has Turned Up the Yemeni War-Dial A Paper Pe...
- PRESS RELEASE “Court gives clean chit to Dr. CK Raut”
- পর্যালোচনা সক্রেটিসের অযৌক্তিক মৃত্যুদণ্ড কিছু যৌক...
- The distressed farmer who publicly hanged himself ...
- Radioactive Drone That Landed on Japan PM's Roofto...
- JTSA in solidarity with artists and poets of Kabir...
- India Commits Suicide In New Delhi
- ‘हाशिमपुरा जनसंहार: इंसाफ विरोधी प्रदेश सरकार के ख...
- Press Release – #Aadhaar is linked to legislations...
- Will the Xaxa committee report impact the Supreme ...
- Attacking Churches is Legal, Taj Mahal would meet ...
- हज़ार जुल्मों से सताए मेरे लोगो !Happy Birthday Vi...
- फीस बढ़ोतरी के विरोध में हिंदी विश्वविद्यालय के छात...
- Press Release – State Violating Fundamental Rights...
- Green activist killings up by a fifth – Global Wit...
- IMF to examine India’s ‘puzzling’ growth data
- Colonial Science And Sustainability By Jan Wareus
- Low and disorder :মন্দিরের প্রতিমা ভাঙচুর লুটপাট, ...
- The Internet is dead in India if this happens
- Mandate_Treason
- इंसाफ विरोधी सरकार के खिलाफ विधानसभा पर रिहाई मंच ...
- बुरांश खिले पहाड़ जंगल दहक रहा दावानल कि पक रही ह...
- हेडगेवार-गोलवलकर बनाम अम्बेडकर- 1
- चट्टानी जीवन का संगीत
- गौ मूत्र को पवित्र मान पी जाते हैं, लेकिन दलितों क...
- Are you being forced to have #Aadhaar #UID ? – Com...
No comments:
Post a Comment